Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईई परीक्षा दिन आरुघाट बसेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु

एसईई परीक्षा दिन आरुघाट बसेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु


  • 5.7K
    Shares

    • images
    एसईई परीक्षा दिन आरुघाट बसेका किशोरको बूढीगण्डकीमा डुबेर मृत्यु

    गोरखा । गोरखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन आएका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिस गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार एसईई दिन सोही गाउँपालिका-४ थुमी आएका उनी बुधबार साँझ बूढीगण्डकीमा पौडी खेल्न गएका थिए ।

    ‘साँझ करिब साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बूढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘खबर पाउन साथ इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनको खोजतलासमा गरेको थियो ।’

    खोजतलासको क्रममा बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - २०:२४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij