Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौँमा शुक्रबार बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासको अपिल

काठमाडौँमा शुक्रबार बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासको अपिल


  • 3.2K
    Shares

    • images
    काठमाडौँमा शुक्रबार बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासको अपिल

    काठमाडौँ । नेपालस्थित अष्ट्रेलियाली दूतावासले शुक्रबार काठमाडौँमा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गर्दै त्यो दिन सकेसम्म घरबाहिर ननिस्कन आफ्ना नागरिकहरूलाई सचेत गराएको छ।

    अष्ट्रेलियाली दूतावासले बुधबार सार्वजनिक सूचना जारी गर्दै शुक्रबार काठमाडौँ उपत्यकामा ठूला राजनीतिक प्रदर्शनहरू हुने अनुमान गरिएकाले यातायात अबरुद्ध हुनसक्ने र ठूलो संख्यामा सुरक्षा उपस्थिति हुने भएकाले सचेत रहन सूचना जारी गरेको हो।

    दूतावासले त्यो दिन साबधानी अपनाउन, बाहिरफेरो कम निस्कन, प्रदर्शनबाट प्रभावित क्षेत्र तथा भिडभाडलाई सकेसक्म छल्न र समाचारबाट अपडेट रहन पनि आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ।

    दूतावासले कर्फ्युलगायत स्थानीय अधिकारीहरूका निर्देशन पालना गर्न पनि अपिल गरेको छ।

    आगामी चैत १५ गते शुक्रबार काठमाडौँमा नेकपा माओवादी केन्द्रको अगुवाइमा गणतन्त्रवादीहरूको जुलस निकाल्ने तयारी छ भने राजसंस्था पक्षधरहरूले पनि प्रदर्शनको तयारी गरेका छन्।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १९:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij