Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ


  • 2.2K
    Shares

    • images
    अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

    काठमाडौं । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौंको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ घर भएर कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार छन् ।

    प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले  बताए । 

    आरोपीको साथबाट ठुलो परिमाणमा सुनका गहना बरामद गरिएको छ । उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान सहित १४ प्रकारका गहना प्रहरीले बरामद गरेको छ ।

    अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर उनले बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीसँग उनले भनेका छन्, ‘बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ ।’

    गहना बेच्न हिँडेको अवस्थामा मङ्गलवार पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको छ । 

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १६:५६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij