Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी

नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी


  • 1.9K
    Shares

    • images
    नेप्सेको सीईओ नियुक्ति हुनै बाँकी

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त हुन बाँकी रहेको छ ।

    चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिईओ नियुक्ति गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका थिए । तर, सोमबारको मन्त्रिपरिषद्ले गरेको १९ वटा निर्णयहरूमा नेप्सेको सीईओ नियुक्त भएको विवरण छैन ।

    मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयसँग सम्बन्धित २ वटा निर्णय गरेको छ । जसमा नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति गठन गर्ने र विश्व बैंक ऋण स्वीकार्ने जिम्मा अर्थ मन्त्रालयलाई दिइएको छ।

    नेप्सेको सीईओका लागि १० जनाको आवेदन परेकोमा पाँचजनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि छनौट गरिएको थियो ।

    जसमा चूडामणि चापागाईं, नारद कुमार लुइँटेल, पूर्ण प्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन् ।

    लुइँटेल सीईओमा नियुक्त भएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको अवस्थामा सरकारले निर्णय नै नगरेको खुलेको हो ।

    यता सीईओमा नियुक्त भएको भन्दै बधाई आइरहेको छ । तर, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको निर्णयको सूचीमा नेप्सेको सीईओबारे कुनै कुरा उल्लेख छैन ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १६:१४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij