Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित


  • 2.4K
    Shares

    • images
    प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

    बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । 

    पहिलो बैठकमा विपक्षी दलहरूको तर्फबाट माओवादी सांसद शक्ति बस्नेतले घिसिङलाई हटाउनाको कारण प्रधानमन्त्रीले संसद्मा नदिँदासम्म बैठक सञ्चालन हुन नसक्ने बताएका थिए ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १५:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij