Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सेयर बजारमा सबै समूहगत परिसूचक हरियाली, ४० अंकले बढ्दा कारोबार रकम घट्यो

सेयर बजारमा सबै समूहगत परिसूचक हरियाली, ४० अंकले बढ्दा कारोबार रकम घट्यो


  • 1.9K
    Shares

    सेयर बजारमा सबै समूहगत परिसूचक हरियाली, ४० अंकले बढ्दा कारोबार रकम घट्यो

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३९.१३ अंकले बढेको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । यस दिन चार अर्ब २० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २.०९ प्रतिशतले वृद्धि भएको छ ।

    आज नेप्से परिसूचक १.५१ प्रतिशतले बढेर २६२१.८६ विन्दुमा बन्द भएको छ । २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी सेयर मूल्य ५३ रुपैयाँ ५६ पैसा बढेर एक हजार २५२ रुपैयाँ ७१ पैसा कायम भएको छ । राप्ति हाइड्रो एण्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य २८ रुपैयाँ ७३ पैसा बढेर ५२९ रुपैयाँ कायम भएको छ ।

    उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेर तीन हजार ४३१ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

    images
    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १५:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij