२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक फेरि सुरु भएको छ। यसअघि ११ बजे सुरु भएको बैठक विपक्षी दलका सांसदको अवरोधका कारण स्थगित भएको थियो। बैठक सञ्चालन गर्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि बैठक स्थगित भएको सूचना सुनाएका थिए। आजको दोस्रो बैठक तीन बजेदेखि मात्रै सुरु भएको हो।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध जारी राखेका हुन्।
आजै संसद् भवन बाहिर प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलन अघि बढ्ने चेतावनी दिएका थिए।
उनले भनेका थिए,अब प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ।’
उनले थपे, उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भयो, तुरुन्तै हाउस चल्छ। स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ।
सभामुख घिमिरेले विपक्षी सांसदहरूलाई पटकपटक सांसदलाई बसेर सदन सञ्चालनको वातावरण बनाउन आग्रह गरे पनि सांसदहरूले उठेर अवरोध जारी राखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij