Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेन्ट्रल प्लाजामा आगो

इटहरीको आगलागी : आगो निभाउने क्रममा पाँच सुरक्षाकर्मीसहित ७ जना घाइते

इटहरीको आगलागी : आगो निभाउने क्रममा पाँच सुरक्षाकर्मीसहित ७ जना घाइते


  • 2.2K
    Shares

    • images
    इटहरीको आगलागी : आगो निभाउने क्रममा पाँच सुरक्षाकर्मीसहित ७ जना घाइते

    काठमाडौं । सुनसरीको इटहरी उपमहानरपालिका–६, स्थित सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रण गर्ने क्रममा सातजना घाइते भएका छन् । जसमध्ये पाँचजना सुरक्षाकर्मी छन् ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, आगो अझै नियन्त्रणमा आएको छैन ।

    “पाँच घण्टाअघि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । पाँचजना सुरक्षाकर्मी र अन्य गरी सातजना आगो नियन्त्रण गर्ने घाइते भएका छन,” उनले भने ।

    सशस्त्र प्रहरीका एसएसपी मनिष थापाको नेतृत्वमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    यसअघि, आगलागीमा फसेका आठजना पुरुष र तीन महिलाको उद्धार गरिएको थियो । आगलागीमा फसेका मासिनहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पनि पुगेको थियो ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १४:५४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij