Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बैठक

राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित


  • 1.1K
    Shares

    • images
    राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरूले विरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

    बैठक सुरु हुनासाथ सांसदहरू उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।

    अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाए । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।

    विपक्षी दलहरूको अवरोधले निरन्तरता पाएपछि अध्यक्ष दाहालले बैठक स्थगित गरेका हुन् ।यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरूले अवरुद्ध गरेका थिए ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १३:४३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij