Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पालुङ्गोको सागमा अत्यधिक विषादी

पालुङ्गोको सागमा अत्यधिक विषादी


  • 1.8K
    Shares

    • images
    पालुङ्गोको सागमा अत्यधिक विषादी

    काठमाडौं । पालुङ्गोको सागमा विषादी फेला परेको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको पालुङ्गोको सागमा ८३.६२५ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ । 

    बुधवार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १८ पसलको १८ वटा तरकारी तथा फलफूल परीक्षण गर्दा सागमा विषादी भेटिएको हो । सो मात्रा उपभोग अयोग्य रहेको जनाइएको छ । 

    बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।      

     

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १२:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij