२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा भएको आगलागीबाट हालसम्म १६ जनाको उद्धार गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । उद्धार हुनेमा ५ जना महिला र ११ जना पुरुष रहेका छन् ।
आगलागीमा फसेका ३ जनाको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको मन्त्रालयले जनाएको छ ।
बिहान करिब १० बजेर १५ मिनेट जाँदा सेन्टरको चौथो तल्लामा सुरु भएको थियो । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीबाट वरिष्ठ उपरीक्षक मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij