Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

इटहरीको सेन्टर प्लाजामा फसेका मानिसको हेलिकप्टरबाट उद्धार गरिँदै

इटहरीको सेन्टर प्लाजामा फसेका मानिसको हेलिकप्टरबाट उद्धार गरिँदै


  • 1.3K
    Shares

    इटहरीको सेन्टर प्लाजामा फसेका मानिसको  हेलिकप्टरबाट उद्धार गरिँदै

    काठमाडौं । आगलागी भएको सुनसरीको इटहरीस्थित सेन्टर प्लाजामा फसेका मानिसको उद्धारको लागि काठमाडौंबाट हेलिकप्टर गएको छ। 

    १० तले प्लाजाको पाँचौँ र छैटौँ तलामा बुधबार बिहान साढे ९ बजेदेखि आगलागी भइरहेको छ। आगलागी भएको तलामा केही मानिस फसेको आशंका गरिएको छ। उनीहरुको उद्धारको लागि हेलिकप्टर पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ। 

    आगलागी भएको तलामा क्यूएफएक्स सिनेमा हल तथा एक होटल सञ्चालनमा रहेका छन्।

    आगलागी नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायत स्थानीय तहका आधा दर्जन दमकल पुगेका छन्। दमकलको सहायतामा नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन।

    आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी छ।

    images
    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १२:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij