Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजको मौसम

आज यी ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान

आज यी ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान


  • 2.0K
    Shares

    आज यी ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान

    हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

    यतिबेला (बुधबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

    मेघगर्जन र चट्याङसहित हुनसक्ने वर्षा तथा हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

    images
    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - ०७:१२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij