२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । एक समूहको आक्रमणमा सोमबार राजधानीको कलंकीस्थित एलआरआई स्कुल नजिकै २२ वर्षीय अभय गोलेले ज्यान गुमाए । गोले ढुंगेअड्डाका स्थानीय हुन् ।
चैत ११ मा साँझ एलआरआई स्कुल नजिकै गोलेसहितका ४ जनालाई ठुलो समूहमा आएका युवाहरूले घेरेर आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आक्रमणमा परेर नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौँडा घर भएर पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरी घर भएका २२ वर्षीय पासाङ शेर्पा घाइते भएका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
अभयले निश्चललाई झापड हानेको विषयमा फागु पूर्णिमापछि पनि कुरा नटुङ्गिएपछि रोहितले मोबाइल हराएको र थप्पडको विषय सुल्झाउन अर्को समूहलाई बोलाउँछन् ।
सोमबार भेट्न खोज्दा अभयको समूहले ‘हिम्मत भए एलआरआईमा आउनु’ भनेसँगै रोहितले आफ्नो समूहका सदस्यहरूलाई हेर्न पठाउँछ । ४ जना मात्रै रहेको थाहा पाएपछि रोहितको समूहका २० जना त्यहाँ पुगेका हुन् । रोहित र निश्चलका समूहले रड प्रहार गरेर अभयका हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । उनले भने, ‘हत्यामा संलग्न निश्चल र विनय वाइबा सहित ४ जना फरार छन् ।
दुवै समूह कलंकी र नैकाप क्षेत्रमा सक्रिय ‘बाईकर्स’ समूह हुन् ।
हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरू-
१. रोहित खड्का, २५ वर्ष । (काठमाडौँ–१४ खड्कागाउँ)
२. झेडी मगर, २० वर्ष । (नवलपरासी घर भएर स्युचाटार बस्ने)
३. नवीन तामाङ, २३ वर्ष (काठमाडौँ–८)
४. राज अर्याल, २७ वर्ष (काठमाडौँ–१४ कलंकी)
५. जीवन श्रेष्ठ, २६ वर्ष (चन्द्रागिरी–७, पुरानो नैकाप)
६. गौतम कुमार जोगी, १९ वर्ष (तनहुँ)
७. प्रवेश गुरुङ
८. साङ्गे लामा, १९ वर्ष (उदयपुर घर भएर स्युचाटार बस्ने)
९. निश्चल तामाङ, २१ वर्ष (सर्लाही राजगढ–६ घर भएर स्युचाटार बस्ने)
१०. आशिष श्रेष्ठ, २२ वर्ष (पर्सा घर भएर स्युचाटार बस्ने)
११. खेमराज मगर, २१ वर्ष (गाईघाट–७ घर भएर स्युचाटार बस्ने)
१२. अजित बुढाथोकी, २५ वर्ष (काठमाडौँ–९)
१३. सुजन तामाङ, २० वर्ष ( धादिङ घर भएर स्युचाटार बस्ने)
१४. सुसान श्रेष्ठ, १९ वर्ष (उदयपुर घर भएर स्युचाटार बस्ने)
१५. डेनियल बिक, १९ वर्ष (सिन्धुली घर भएर स्युचाटार बस्ने)
१६. विनय आलेमगर, २३ वर्ष (धादिङ घर भएर स्युचाटार बस्ने)
१७. रन्जित श्रेष्ठ, २० वर्ष (गोरखा घर भएर स्युचाटार बस्ने)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij