Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारमा पहिरो, ५५.९० अंकले घट्यो नेप्से

सेयर बजारमा पहिरो, ५५.९० अंकले घट्यो नेप्से


  • 1.6K
    Shares

    • images
    सेयर बजारमा पहिरो, ५५.९० अंकले घट्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से ५५.९० अंकले घटेर २५८४.९० को विन्दुमा कायम भएको हो ।

    यस दिन नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

    यस दिन नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूलय प्रतिकित्ता ९.९७ प्रतिशतले घटेको छ । त्यसैगरी, सपोर्ट माइक्रोफाइनान्सको ७.८९ प्रतिशत, सिन्धु विकास बैंकको ६.९२ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ६.९० प्रतिशत, विन नेपाल लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

    यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड २० लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै यस दिन युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ३४ लाख ३९ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ८८ लाख २१ हजार रुपैयाँ, सिइडिबी होल्डिङको १३ करोड ८१ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १५:३०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij