Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

को हुन् नेप्सेको सीईओमा नियुक्त नारद लुइँटेल ?, कस्तो होला सेयर बजार ?

को हुन् नेप्सेको सीईओमा नियुक्त नारद लुइँटेल ?, कस्तो होला सेयर बजार ?


  • 1.3K
    Shares

    • images
    को हुन् नेप्सेको सीईओमा नियुक्त नारद लुइँटेल ?, कस्तो होला सेयर बजार ?

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरेको हो ।

    लुइँटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य–सचिव हुन् । प्रेम आले पर्यटनमन्त्री भएका बेला उनले तारागाउँ विकास समितिको सदस्य–सचिवको जिम्मेवारी दोस्रोपटक पाएका थिए । उनी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक पनि भएका थिए ।

    उनले नाथममा करिब सात महिना काम गरे । सुदन किराती पर्यटनमन्त्री भएको बेला उनले नाथमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १३:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij