२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपछि हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij