Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो

ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो


  • 981
    Shares

    • images
    ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो

    काठमाडौं । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ ।  नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्रo३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । 

    घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको  टोलीले चालक र सहचालकको उद्धार गरेको छ । 
     
    यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ ।  सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ । 

    सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ । 

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १२:०१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij