२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन हुन लागेपछि नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि प्राधिकरणबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको हो । प्राधिकरणबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij