Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

सरकारलाई बालेनको चुनौतीे– 'गलत भए मलाई जेल हाल'

सरकारलाई बालेनको चुनौतीे– 'गलत भए मलाई जेल हाल'


  • 967
    Shares

    • images
    सरकारलाई बालेनको चुनौतीे– 'गलत भए मलाई जेल हाल'

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन् । मंगलबार बिहान फेसबुकमा स्टाटस लेख्दै बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भ्रष्टाचारीको संज्ञा दिँदै उनलाई सरकारले बचाएको र आफूहरूले चाहिँ सुशासनको कुरा सुन्नु पर्ने भनेर प्रश्न गरेका छन् । 

    गुरागाईंमाथि छानबिन गर्न बनेको समितिले बनाएको राय प्रतिवेदन सार्वजनिक गर्दै  बालेनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’ 

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न बालेनले एउटा छानबिन समिति बनाएका थिए । उक्त समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको प्रतिवेदन तयार गर्यो ।

    तर, बालेनले उक्त प्रतिवेदन बुझ्न मानेनन् । त्यसपछि उनले महानगरकै तीन विभागीय प्रमुखहरूलाई आफूले चाहेअनुसारको प्रतिवेदन लेख्न लगाएका थिए । सोही प्रतिवेदन उनले आज फेसबुकमा हालेका हुन् । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ११:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij