Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भक्तपुर घटना

१०० रुपैयाँ विवादमा ओमप्रकाशको हत्या, समातिए आरोपी

१०० रुपैयाँ विवादमा ओमप्रकाशको हत्या, समातिए आरोपी


  • 1.3K
    Shares

    • images
    १०० रुपैयाँ विवादमा ओमप्रकाशको हत्या, समातिए आरोपी

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका ५७ वर्षीय हिमाल बुढामगर छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई पक्राउ गरेको हो ।

    भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानले पनि हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको बताए । ‘एक जनालाई पक्राउ गरेका छौं । पक्राउ परेकालाई आजै सार्वजनिक गर्ने तयारी गरेका छौं’ उनले  भने ।

    १०० रुपैयाँको विवादमा ओमप्रकाशको हत्या गरेको हिमालले बताएको एक अनुसन्धान अधिकृतले बताए । ‘१०० रुपैयाँ ओमप्रकाशले खोसेर लगेको र त्यही विवादमा ढुंगाले हानेर हत्या गरेको हुँ’ हिमालको भनाइलाई उद्धत गर्दै एक अनुसन्धान अधिकृतले भने ।

    आरोपीलाई आजै प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । १०० रुपैयाँ पैसा नदिएपछि भुईमा लडाएर पटक पटक हिर्काएर हत्या गरेको उनको भनाइ छ । आइतबार बिहानै ५ः५५ बजेतिर निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा उनी मृत भेटिएका थिए ।

    प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो ।

    शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गरेको थियो ।

    मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरेका थिए । मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय वर्षीय ओम प्रकाश राई रहेको खुलेको थियो । ओमप्रकाशको आइतबार राति १२ बजेतिर हत्या भएको पाइएको छ । पक्राउ परेका हिमालले प्रहरी समक्ष उक्त कुरा बताएका छन् ।

    प्रहरीका अनुसार शनिबार मात्रै ओमप्रकाशको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको समेत पाइएको छ ।

    पक्राउ परेका हिमालले प्रहरीले समक्ष आइतबारको साँझ दुबै जना मिलेर मदिरा सेवन गरेको बताएका छन् । त्यसपछि भेटी टिप्न भन्दै निलबाराही पिकनिकस्थल पुगेको बताएका छन् । भेटी टिपेर सुत्न जाने क्रममा भने १०० रुपैयाँको विवाद हुँदा हत्या भएको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ११:०३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij