२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट कार्य सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको थियो ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सीडीएससीको अनुसार अन्तिम दिनसम्म आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।
मागभन्दा बढी आवेदन परेकै कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट भयो भने भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताको दरले सेयर पाएका छन्। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि १४ लाख ७६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइटबाट पनि नितिजा हेर्न सकिन्छ आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij