Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हटाउने दिन पनि विकट चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान

हटाउने दिन पनि विकट चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान


  • 1.1K
    Shares

    • images
    हटाउने दिन पनि विकट चेपाङको घरमा बिजुली बाल्दै थिए कुलमान

    काठमाडौं ।  सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाएको हो।

    ऊर्जा मन्त्रालयको प्रस्तावमा कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय पारित हुँदै गर्दा कुलमान भने हेटौंडाको चेपाङ बस्तीमा बिजुली बाल्न व्यस्त थिए।

    केपी शर्मा ओलीको नेतृत्वमा बसेको सरकारले सुरुदेखि नै घिसिङलाई पदबाट हटाउन खोजिरहेको थियो। ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावमा कुलमानलाई मन्त्रिपरिषद्ले बर्खास्त गरेको हो।

    १८ घण्टा लोडसेडिङ हटाउन कुलमानले दिएको योगदानको अपमान गर्दै आएका मन्त्री खड्काले यसअघि भारतका कारण लोडसेडिङ अन्त्य भएको त्यहाँ कुलमानको कुनै भूमिका नरहेको दाबी गरेका थिए। त्यसयता मन्त्री खड्काको चर्को आलोचना हुँदै आएको थियो। तर उनकै प्रस्तावमा सोमबार सरकारले एउटा निर्देशक घिसिङलाई बर्खास्त गर्दै गर्दा उनी जनताको मन जित्ने कामका लागि चेपाङ गाउँ पुगेकै समय परेको हो। उनी टुकी र दियालोको उज्यालोमा जीवन निर्वाह रिरहेका चेपाङ समुदाय गाउँमा बिजुली बाल्न पुग्दा बदबाट बर्खास्त भएका हुन्।

    कुलमानले आफू बर्खास्त भएकै दिन मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङ दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बिजुली बाल्ने कार्यक्रमको उद्घाटन गरेका हुन्।

    नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतियकरण घोषणा गरेपछि कुलमानको उपस्थितिमा उद्घाटन कार्यक्रम गरिएको थियो।

    सरकारले आफूलाई बर्खास्त गर्दागर्दै घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर विकट र गरिब खैराङ बस्तीलाई झलमल्ल बनाएका हुन्।

    कुलमानले राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको मिटर अन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। कुनमानको कामले उनी दंग थिइन। तुलकुमारीसँगै गाउँका टेकबहादुर थिङ, नेमबहादुर लामा र वीरमान थिङले जीवनकै पहिलो खुशी पाएका थिए। बिजुली बत्ती आफ्नै घरमा देख्दा उनीहरु खुशी भएका हुन्।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १०:४९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij