Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुलमानलाई भुलमान, सालोलाई पालो

कुलमानलाई भुलमान, सालोलाई पालो


  • 1.3K
    Shares

    • images
    कुलमानलाई भुलमान, सालोलाई पालो

    सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ।

    मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा पाइरहेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन्।   

    यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानलाई भुलमान, सालोलाई पालो।’

    सरकारले कुलमानलाई हटाउनासाथ सोमबार नै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ। शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको साला पर्ने चर्चा छ। 

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ०८:४०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij