Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रेस चौतारी महाधिवेशन

एमालेनिकट प्रेस चौतारीमा तोकिएका बाहेकले उम्मेदवारी फारम नै पाएनन्

एमालेनिकट प्रेस चौतारीमा तोकिएका बाहेकले उम्मेदवारी फारम नै पाएनन्


  • 1.3K
    Shares

    एमालेनिकट प्रेस चौतारीमा तोकिएका बाहेकले उम्मेदवारी फारम नै पाएनन्

    काठमाडौं । नेकपा (एमाले) निकट पत्रकारहरूको संस्था प्रेस चौतारीको अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष राजेश राईले अध्यक्ष मण्डलले आफूलाई उम्मेदवारी फारम नै नदिएको बताएका छन्।

    निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम प्रकाशित गरेर निर्वाचन प्रक्रिया थालेको थियो।

    निर्वाचन कार्यक्रममा मतदान कार्यक्रम भने उल्लेख नै थिएन। ४ बजेर २० मिनेटमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर ४ः३० मा सोझै निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूचीसहितको सूचना टाँसेको थियो।

    दिउँसो २ः ४५ मा उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा आफूलाई फारम नै नदिइएको राईले बताए। चौतारीको अध्यक्ष पदका लागि उम्मेद्वारी शुल्क ३५ हजार तोकिएको छ।

    एमाले नेताहरले अध्ययक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गर्ने तयारी गरिरहेका छन्।

    ओलीको सोही निर्देशन अनुसार आइतबार अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष राजेश राईलाई बोलाएर महासचिव पोखरेलले अध्यक्षको दाबी छाडेर पार्टी निर्णय मान्न निर्देशन दिएका थिए।

    यद्यपि उपाध्यक्ष राईले आफू प्रतिनिधिहरु माझ परीक्षा दिन तयार रहेको भन्दै महासचिवको निर्देशन स्वीकार गर्न नसक्ने बताएका थिए। चौतारीको दशौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लागे पनि आकांक्षी उम्मेदवार भने चुनाव नै मागिरहेका थिए। चुनाव माग्दै हस्ताक्षर अभियान नै चलेको थियो।

    images
    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १५:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij