Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरपालिको चल्यो डोजर

कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरपालिको चल्यो डोजर


  • 1.3K
    Shares

    कालोपुल क्षेत्रमा गुठीको जग्गा अतिक्रमण गरेर बनेका संरचनामा महानगरपालिको चल्यो डोजर

    काठमाडौं । काठमाडौंको कालोपुलमा गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलेको छ ।

    काठमाडौं महानगरपालिका र गुठी संस्थानको समन्वयमा अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाइएको हो ।

    गुठी संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदीका अनुसार धेरै पहिलादेखि नै त्यहाँको गुठीको जग्गा अतिक्रमण गरेर संरचना निर्माण भएका थिए । सोही संरचनामा सोमबार महानगरपालिकासँगको समन्वयमा डोजर चलाइएको हो ।

    ‘गुठी संस्थान मातहतको जग्गा हो । त्यहाँ अतिक्रमण भएको थियो,’ सुवेदीले भने, ‘अहिले चाहिँ गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमण ठाउँमा डोजर चलाएको हो ।’अहिले महानगरको डोजरले संरचनाहरू भत्काइरहेको छ । 

    kalo.JPG

    kalopul.JPG

    images
    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १५:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij