२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । हुम्ला जिल्लामा उत्पादन भएको ७ प्रकारको रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था समितिको सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिएका छन्। हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष छ ।
नयाँ मूल्य अनुसार चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी रु १० बढाइएको छ । चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२० र कोदो प्रतिकेजी रु १०० मूल्य निर्धारण गरिएको छ ।
सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्ने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij