Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले

विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले


  • 1.8K
    Shares

    विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले
    images

    काठमाडौं ।  भारतको बिहार राज्यको मुजफ्फरपुरमा विवाहित छोरीसँग परपुरुष भेटेपछि एक पिताले सुरुमा कुटपिट गरेको तर पछि तिनै परपुरुषलाई छोरी जिम्मा लगाएको घटना प्रकाशमा आएको छ ।

    उक्त घटना बरियारपुर थाना क्षेत्रमा पर्ने लक्ष्मीपुरमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सचिन्द्र सिंहले आफ्नी विवाहित छोरीसँग परपुरुषलाई रङ्गेहात फेला पारेको बताइएको छ ।

    सचिन्द्रकी छोरी फेन्सी विवाहित थिइन् । विवाहपछि पति सुस्त मनस्थितिको रहेको चाल पाएपछि फेन्सी आफ्नो माइतमै बस्दै आएकी थिइन् ।

    मयंक नाम गरेका युवकले केही समयदेखि फेन्सीलाई मन पराउँदै आएका थिए । उनी बेलाबखत फेन्सीसँग भेट गर्न जान्थे । तर, गत शुक्रबार भने फेन्सीका पिताले उनीहरूलाई एकसाथ फेला पारेका थिए । हो–हल्ला गर्दै सचिन्द्रले गाउँलेलाई भेला पारे । भिडले मयंकलाई कुटपिट गरेको थियो ।

    गाउँकै केही मानिसले उक्त घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा फेन्सीको परिवार र गाउँलेले यस विषयमा सहमति भइसकेको भनेर प्रहरीलाई फर्काइदिए ।

    त्यसपछि गाउँलेकै उपस्थितिमा सचिन्द्रले आफ्नी छोरी मयंकलाई सुम्पिए । गाउँमै हिन्दु परम्पराअनुसार दुवैको विवाह गरेर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १४:३०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij