२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीको नयाँ नेतृत्व एकलौटी घोषणाको तयारी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा हुन लागेको हो ।
अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरिरहेका छन् । निर्वाचन नभएको खण्डमा समानान्तर कमिटी घोषणा गरेर अगाडि बढ्ने सो पक्षले बताएको छ ।
‘हामीले लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन हुनुपर्छ भनेर माग गरिरहेका छौँ । तर, एकलौटी टिम घोषणाको तयारी भएको बुझिएको छ । त्यो हामीलाई मान्य हुँदैन,’ राई पक्षका एक प्रतिनिधिले भने ।
राई पक्षले यसअघि निर्वाचनबाट नयाँ नेतृत्व चयन हुनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाएको थियो । सो अभियानमा १ सय ५० जनाले हस्ताक्षर गरिसकेपछि अध्यक्ष गणेश बस्नेतको दबाब पछि रोकिएको थियो ।
अधिवेशन उद्घाटन समारोहमा आएका एमाले महासचिव शङ्कर पोखरेल, एमाले सचिव तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, जनवर्गीय सङ्गठनका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, कोशीका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मतकुमार कार्कीलगायतले सहमतिका लागि आग्रह गरेका थिए । यद्यपि राई पक्षले भने निर्वाचनकै माग गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij