Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महोत्तरीको बीभत्स हत्या घटना: पक्राउ परिन् मृतककै श्रीमती

महोत्तरीको बीभत्स हत्या घटना: पक्राउ परिन् मृतककै श्रीमती


  • 1.3K
    Shares

    • images
    महोत्तरीको बीभत्स हत्या घटना: पक्राउ परिन् मृतककै श्रीमती

    काठमाडौं । महोत्तरीमा एक जना पुरूषको वीभत्स हत्या भएको घटनामा उनकै श्रीमती पक्राउ परेकी छन्।

    धनुषा क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या गरेको आरोपमा उनकै श्रीमती सिर्जना महतो पक्राउ परेकी छन्।

    सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

    गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको थियो।

    मृतकको उनको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा फेला परेको थियो। सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अवस्थामा फेला परेको थियो।

    प्रहरीका अनुसार मृतक शिवशंकर श्रीमती सिर्जना ससुराली जाँदै थिए। त्यसबीचमै घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।

    डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता छ। यसमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र अन्यको खोजी भइरहेको उनले बताए।

    ‘अनुसन्धानकै क्रममा छौं। अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ। पक्राउ परेपछि थप भन्न सक्छौं,’ उनले भने। घटना विवाहेत्तर सम्बन्धका कारण भएको हुनसक्ने प्रहरीको भनाइ छ। यद्यपि यसबारे प्रहरीले खुलाइसकेको छैन।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १३:२४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij