Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखामा आठ महिनामा १३३ जना क्षयरोगी भेटिए

गोरखामा आठ महिनामा १३३ जना क्षयरोगी भेटिए


  • 1.8K
    Shares

    • images
    गोरखामा आठ महिनामा १३३ जना क्षयरोगी भेटिए

    गोरखा । गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका ११ वटै पालिकामा क्षयरोगका बिरामी फेला परेका हुन् ।

    प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सबैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भिमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ।

    यस्तै, आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताए । गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - ०८:१४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij