Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • 1.3K
    Shares

    • images
    आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

    यतिबेला (सोमबार बिहान) कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।  

    कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा अहिले मेघगर्जन रचट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागको मौसम भने मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

    आज दिउँसो पनि कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

    साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमते सम्भावना रहेको महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

    मेघगर्जन रचट्याङसहित हुन सक्ने वर्षा र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई अनुरोध गरेको छ। 

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - ०७:४९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij