Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु

ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु


  • 1.5K
    Shares

    • images
    ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु

    काठमाडौं । बाँकेको डडुवा गाउँपालिकामा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ ।

    डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए ।

    बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको उनले बताए ।प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । अहिले पनि प्रदर्शन भइरहेको उनले बताए ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १८:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij