२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)मा आइतबारको परीक्षामा जिल्लाभरको विभिन्न केन्द्रबाट चिट चोर्न प्रयोग भएको ४६९ थान मोबाइल बरामद भएको छ ।
मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन् । रायको अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई परीक्षा हलभित्र प्रवेश गराएपछि चेकजाँचको क्रममा मोबाइल बरामद भएको थियो ।
निरीक्षकको रूपमा खटी परीक्षा हलभित्र मोबाइल पास गराउने, प्रश्नको उत्तर लेखाई दिने र परीक्षार्थीहरुलाई चिट चोर्न मद्दत गर्ने परीक्षाको मर्यादा भङ्ग गर्ने २ जना गार्डहरू समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij