२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगर प्रहरी सडकमा जडान गरेको बल्ब चोरेको आरोपमा एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा काँडाघारीमा बस्ने ३४ वर्षीय सुदीप बस्नेत रहेका छन् । बल्बको मूल्य चार हजार ३५८ रुपैयाँ रहेको महानगरले जानकारी दिएको छ ।
नगर प्रहरीले कोटेश्वर क्षेत्रको अइल्याण्डमा जडित बत्तीहरू पटक–पटक हराउन थालेपछि नगर प्रहरीले अनुगमन गरेको थियो । त्यही अनुगमनको क्रममा फागुन १५ गते तार चुँडालेर बल्ब खल्तीमा हाल्दै गर्दा बस्नेतलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
बस्नेत विरुद्ध महानगरले मुलुकी अपराध संहिता २७४ को दफा २४१ ९१० बमोजिम २ वर्षदेखि ७ वर्षसम्म कैद सजाय वा २० हजार रुपैयाँ जरिवाना हुनु पर्ने मागसहित काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij