२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका, ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसार भारतको उत्तर प्रदेश गोरखपुर घर भएका २५ वर्षीय शिवम् पाण्डे नुहाउने क्रममा बुधवार दिउँसोदेखि बेपत्ता भएको रहे छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, काली गण्डकी नदीमा नुहाउने क्रममा पाण्डेय बेपत्ता भएका पाण्डेको शव राम्दी घाटदेखि लगभग एक किलोमिटर तल्लो भागमा भेटिए ।
शवलाई जिल्ला अस्पताल पाल्पा पठाएको छ भने प्रहरीले घटनाको बारे थप अनुसन्धान सुरु गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij