२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले एकै सिजन दुई शतक प्रहार गरेका छन्।
यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन्। गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए।
किरणले आइतबार दाङको लमहीमा भएको कोशी प्रदेशविरुद्धको खेलमा शतक प्रहार गरेका हुन्। छैटौँ नम्बरमा ब्याटिङ गरेका किरणले ११५ रन बनाउन सफल भए। उनले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्न सफल भए।
किरणको शतकमा सुदूरपश्चिमले कोशीविरूद्ध आइतबार २४२ रन जोडेको छ। किरणबाहेक सुदूरपश्चिमका अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २९२ विकेट लिए।
यसअघि किरणले गण्डकीविरूद्धको खेलमा १२१ रन प्रहार गरेका थिए। जारी प्रधानमन्त्री कपमा यो तेस्रो शतक हो। किरणबाहेक जारी प्रतियोगितामा आर्मीका ओपनर त्रृतराज दासले पनि शतक प्रहार गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij