Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध


  • 1.1K
    Shares

    • images
    प्रतिपक्षी माओवादी र जसपा नेपालद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध

    काठमाडौं । प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

    सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै माओवादी संसदीय दलका नेता भरत प्रासद साहले बैठक चल्न नदिने बताए ।

    उनले मुख्यमन्त्री कुटनीति मर्यादा विपरित विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, संघका कर्मचारीसंग मोटो रकम लिएर जिम्मेवारी दिने गरेको लगायतका आरोपको विषयमा मुख्यमन्त्रीको जवाफ माग गरे ।

    उनले भने, ‘कुटनीति मर्यादाको ख्याल नगरेको विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्छ । अन्य आरोपको सन्दर्भमा संसदीय छानविन समिति बनाउनुपर्छ । होइन् भने सदन चल्न दिदैनौं ।’

    सांसद साहले आफ्नो राखेपछि माओवादीका अन्य सांसद र जसपा नेपालका सांसदहरु उभेर संसद अवरुद्ध पारे ।जसपा नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले सरकारले जिल्लास्थित कार्यालयको योजनाहरु मन्त्रीको सचिवालयबाट वितरण हुने गरेकोमा आपत्ति जनाए ।

    उनले भने, ‘माननीय जीहरुले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ । यसका लागि संसदीय छानविन समिति बनाउनुपर्छ ।’

    माओवादी र जसपा नेपालका सांसदहरु संसद अवरुद्ध पारेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १४:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij