Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल स्काउटका अस्वभावीक गतिविधि प्रति प्रधान कार्यालयको ध्यानाकर्षण

नेपाल स्काउटका अस्वभावीक गतिविधि प्रति प्रधान कार्यालयको ध्यानाकर्षण


  • 3.1K
    Shares

    • images
    नेपाल स्काउटका अस्वभावीक गतिविधि प्रति प्रधान कार्यालयको ध्यानाकर्षण

    काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभावीक गतिविधि प्रति गम्भीर ध्यानार्कषण भएको छ । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु भएको आन्दोलन जारी  छ। आन्दोलनरत पक्षले स्काउटको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रशासनले रोक लगाएको थियो ।

    आन्दोलनकारीहरूले निष्पक्ष छानबिन र संस्थाको सुधारका लागि आफ्ना मागहरू राखेका छन्। आन्दोलनकारीहरूले भने मागहरू पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरू वार्ताका लागि सकारात्मक देखिए पनि समाधान नभएसम्म संघर्ष जारी राख्ने अडानमा छन्। यसै सन्दर्भलाई मध्यनजर गर्दै  नेपाल स्काउट प्रधान कार्यालय परिसरले आन्दोलनको नाममा भइरहेका यस्ता गतिबिधिले दैनिक कार्यसंचालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न नसकिएको बताएको छ।

    साथै राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको तथ्यप्रति आन्दोलनरत पक्ष समेत जानकार रहेको बताएको छ।  

    नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारीक जानकारी र मागका बिषय पेश नगरीकन  दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर रहँदै नेपाल स्काउटको आधिकारीक पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहीरहनु चिन्ताको विषय हो, तसर्थ अनौपचारीक तवरबाट भएका संवादलाई औपचारीक रुप  दिनका लागि नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको मिति २०८१।१२।०६ गते बसेको बैठकले आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति बनाउने निर्णय भएबमोजिम उक्त समितिले आन्दोलनरत पक्षसंग संवादका लागि पहल गरिरहेको छ।

    औपचारीक  रुपमा आफ्ना कार्यक्रम र बिषय प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने तर्फ सबै जाना सचेत र सजग रहनुपर्छ।  

    संवाद मार्फत समस्याको निकास र सहजिकरणका लागि नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्रै होइन प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यु स्वयम् पनि गम्भिर रहेको तथ्य भुल्न मिल्दैन। आन्दोलनरत पक्षकै माग बमोजिम  प्रमुख स्काउटको अगुवाईमा मिति २०८१।१२।०८ गते शुक्रबार उहाँकै कार्यकक्षमा आन्दोलनरत समुहको व्यक्तिहरु छलफलमा बसेको र छलफलका क्रममा प्रमुख स्काउटले  देखाउनुभएको चासो र निकासका लागि देखाउनु भएको मार्गदर्शनलाई आन्दोलनरत पक्षले सहजै स्वीकार गरी अगाडि बढ्नु नै समाधानको प्रारम्भीक बिन्दु हो।

    अनौपचारीक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका बिषयलाई सरसर्ती हेर्दा संस्थागत विषय भन्दा पनि कुनै एक व्यक्तीप्रतिको पुर्वाग्रह मात्र हो भन्दा फरक पर्दैन, यद्धपी धेरै बिषय विभिन्न आधिकारीक निकायमार्फत् संबोधन भइसकेको र वाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ । 

    यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१०।०९ ९मुद्दा नं. ०८१– ०८२०० र मिति  २०८१।११।१५ (मुद्दा नं.) ८१–०९५७० मा पुर्व प्रमुख आयुक्त महेन्द्र राज रंजितले दायर गरेको रिटमा उठाइएको बिषय र हाल आन्दोलनरत पक्षले उठाएका अधिकांश माग एउटै देखिन्छन् । ति दुवै रिटको अन्तिम किनारा लाग्ने प्रक्रियामानै रहेको र सम्मानित अदालतमा विचाराधिन  विषयमा अन्यत्र प्रश्न उठाउन नपाईने तथ्यलाई सबैले स्वीकार गर्नुको विकल्प छैन ।

    त्यसैगरी यसै बिषयमा नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युसमक्ष उजुरी पेश भएको र सचिवालय मार्फत युवा तथा खेलकुद मन्त्रालयलाई समेत प्राप्त भएको  जानकारी समेत गराउन चाहान्छु । नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्रबाट मिति २०८१।११।२८ गते श्री युवा तथा खेलकुद मन्त्रालयलाई रायका लागि प्राप्त पत्रमा समेत आन्दोलनमा उठाइएका माग बमोजिमनै बेनामी उजुरी परी सो उपर छानविन भइरहेको तथ्यप्रति सरोकारवालाले जानकारी राख्नु आवश्यक छ। 

    सम्मानित सर्वोच्च अदालत, नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र, नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीको सचिवालय,श्री  युवा तथा खेलकुद मन्त्रालय, प्रमुख स्काउट जस्ता संवैधानिक र उच्च आधिकारीक तहबाटै आन्दोलनरत पक्षले लिखित रुपमा तत्तत्निकायमा पेश र दर्ता गरिएका बिषयका बारेमा कानुनी र प्रशासनिक परीक्षण र कारवाही भइरहेका छन्। 

    संवैधानिक सरकारी  परिक्षण भइरहेका बिषयका अलाबा अन्य बिषय भए संवाद मार्फत टुंग्याउन सहजीकरण समिति सक्रिय रहने नै छ। आफ्नो अधिकार माग गर्दा आफ्नो कर्तव्य कसैले पनि भूल्न  हुदैन भन्ने मान्यताका आधारमा सबैले आआफ्नो तहबाट स्काउट गतिबिधि लाई अगाडी बढाउन शान्तिपुर्ण गतिबिधि र प्रभावकारी भुमिका खेल्नेतर्फ सबै सरोकारवाला पक्ष अगाडि बढ्नु आजको आवश्यकता र दायित्व हो। असन्तुष्टिहरुलाई संवादको माध्यमबाटै निकास निकाल्न जरुरी छ। 

    समस्याको पहिलो र अन्तिम समाधान केवल संवाद मात्र हो भन्ने समितिको ठहर छ।  नेपाल स्काउटको  विगतको इतिहाँस जती गौरववान्वीत छ, वर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउनका  लागि आम स्काउटहरुवीच सहकार्य र एकता आवश्यक छ साथै असन्तुष्टीलाई संवादमार्फत सहमतिमा  पुर्याउनको लागि अहिलेको नेपाल स्काउटको नेतृत्व र सहजीकरण समिति सदैव तयार रहेको  समेत जानकारी गराउँदै आन्दोलनरत पक्षलाई व्यक्तीगत चरित्रहत्या, अनर्गल मिडियावजी र अवाञ्छीत गतिविधि त्यागी अविलम्व संवादमा आउन आग्रह गर्दछु ।  

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १३:४०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij