Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ चैत १२ गते बाँडफाँट हुने

ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ चैत १२ गते बाँडफाँट हुने


  • 1.2K
    Shares

    ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपीओ चैत १२ गते बाँडफाँट हुने

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओ चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

    कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सीडीएससीको अनुसार अन्तिम दिनसम्म आइपीओमा १८ लाख ८८ हजार ८३६ आवेदकबाट २ करोड ३६ लाख ९१ हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको थियो।

    मागभन्दा बढी आवेदन परेकै कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ भने भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताको दरले सेयर पाउने छन्। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि १४ लाख ७६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो। 

    images
    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १३:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij