Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भक्तपुरको पिकनिक स्पोर्टमा भेटियो शव, हत्याको आशंका

भक्तपुरको पिकनिक स्पोर्टमा भेटियो शव, हत्याको आशंका


  • 1.1K
    Shares

    • images
    भक्तपुरको पिकनिक स्पोर्टमा भेटियो शव, हत्याको आशंका

    काठमाडौं । भक्तपुरको पिकनिक स्पोर्टमा एक जनाको शव भेटिएको छ । आज विहान ६ बजे मध्यपुर ठिमी नगरपालिका-९बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङ स्थलमा ६६ वर्षीय ओम प्रकाश राईको शव भेटिएको हो ।

    खोटाङ, केपिलासगढी गाँउपालिका वडा नं. २ घर भएका उनी हाल बोडेमा बस्दै आएका थिए । कवाडीको सामान टिप्ने काम गर्दै आएका राईको दाइने कानको छेउ र टाउकोमा चोट देखिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रनाउ ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी नेपानेले जानकारी दिए । उनका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १२:४५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij