Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने

आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने


  • 1.1K
    Shares

    आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने

    काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरेको छ । आप्रवासी नेपालीहरूले सामाजिक सुरक्षा कोषमा सहजै योगदान गर्न सक्ने व्यवस्था रहेको  छ। 

    आप्रवासी नेपालीहरूको लागि नेपालकै सामाजिक सुरक्षा प्रणालीमा योगदान गर्ने प्रक्रियालाई अझ सरल, सहज र प्रभावकारी बनाउने ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले बताएका छन् । सम्झौता सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला बीच हस्ताक्षर भएको छ। 

    विदेशमा रहेको नेपालीहरूले अब विश्वभर रहेको ईसेवा मनि ट्रान्सफरको अन्तर्राष्ट्रिय साझेदारहरु  मार्फत सामाजिक सुरक्षा कोषमा सहज रूपमा योगदान गर्न सक्ने भएको छ । 

    images
    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १२:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij