Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एउटै विद्यालयका ४ जुम्ल्याहासमेत एसईईमा सहभागी

एउटै विद्यालयका ४ जुम्ल्याहासमेत एसईईमा सहभागी


  • 1.7K
    Shares

    • images
    एउटै विद्यालयका ४ जुम्ल्याहासमेत एसईईमा सहभागी

    नवलपुर । यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कावासोती नगरपालिकास्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयबाट ४ जुम्ल्याहासमेत सहभागी भएका छन् ।

    सिद्धार्थ आवासीय माविबाट सहभागी ८४ जना परीक्षार्थीमध्ये ४ जना जुम्ल्याहा छन् । कावासोती-२ का रिया र रितीमा सापकोटा , कावासोती-८ का राम र लक्ष्मण अधिकारी, कावासोती-३ का साइमन र सक्षम गुरुङ र कावासोती-३ कै रष्टिका र युनिका क्षेत्री छन् ।

    उनीहरूको परीक्षा केन्द्र शिव नमुना माध्यमिक विद्यालयमा रहेको छ । परीक्षाका लागि प्रवेशपत्र जाँच गर्दा सुरुको दिनमा शिक्षक पनि अलमलिएका थिए ।

    कक्षा नर्सरीदेखि नै सँगै अध्ययन गरेका यी ४ जुम्ल्याहा विद्यार्थी एकापसमा मिल्ने साथी पनि हुन् । ‘एउटै विद्यालयमा फरकफरक कक्षामा जुम्ल्याहा विद्यार्थीलाई अध्ययन त गराइएको थियो, तर एउटै कक्षामा चार जुम्ल्याहा विद्यार्थी निकै कम हुन्छन होला,’ सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालले भने, ‘सानैदेखि हाम्रो शैक्षिक संस्थामा अध्ययन गरिरहेका उनीहरु पढाइमा पनि अब्बल र अनुशासित छन् ।’

    दुई जना छोरीले एकैपटक एसईई दिइरहेकाले रष्टिका र युनिकाकी आमा पुष्षा क्षेत्री खुसी छन् । ‘मेरा छोरीसहित अन्य ३ जुम्ल्याहाले एकैपटक एसईई दिँदै छन् । सामाजिक सञ्जालदेखि जताततै उनीहरूको चर्चा छ,’ उनले भनिन्, ‘परीक्षामा राम्रो अकं प्राप्त गरेर छोरीहरूको चाहनाअनुसारको विषय अध्ययन गराउन मन छ ।’

    चैत ७ गते देखि सुरु एसईईमा पूर्वी नवलपरासीमा नियमिततर्फ ५ हजार ८ सय २६ तथा ग्रेड वृद्धिका ६ सय ५६ विद्यार्थी सहभागी छन् । जसमा छात्रा ३ हजार २ सय ४७ र छात्र ३ हजार २ सय ३५ रहेका छन् । यहाँ ८६ सामुदायिक संस्थागत, ५ गुरुकुल, प्राविधिकधारका ८ र खुल्लातर्फ १ शैक्षिक संस्थाका विद्यार्थीले एसईई दिइरहेका छन् ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८१ शनिवार - १५:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij