Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने

आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने


  • 2.2K
    Shares

    • images
    आज  रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने

    काठमाडौं । आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना देखिएको छ । आज रातिबाट देशैभरका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभरका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । तराईको हकमा कोशी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ ।  

    चैत ९ गते पनि देशैभरका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ । देशैभरका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने समेत विभागले जनाएको छ । चैत १० गते भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । 

    यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेस प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिन्छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १७:४३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij