Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ

भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ


  • 2.0K
    Shares

    • images
    भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकार परिवर्तन गर्ने आशयमा नरहेको आफूले पाएको बताएकी छिन्।

    छिमेकी राष्ट्र भारतको भ्रमण सकेर शुक्रबार नेपाल फर्किएकी मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा नभएको भए पनि भारतीय पक्षको समर्थन लोकतान्त्रिक गतिविधिलाई नै रहने पाएको स्पष्ट पारिन्।

    ‘यहाँको राजनीतिक गतिविधिको बारेमा धेरै कुरा त गरेनौँ। तर उहाँहरूको सपोर्टचाहिँ डेमोक्य्राटिक सिस्टमलाई नै छ भन्ने कुरा उहाँहरूको हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ,’ राणाले भनिन्, ‘अहिलेको सरकारसँग एकदमै इन्गेज्ड हुनुहुन्छ। सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ।’

    प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले भेटका लागि प्रस्ताव नै नगरेको र विदेशमन्त्री एस जयशंकरसँग समकक्षीको हिसाबमा भारतीय भेटवार्ता भएको बताइन्। उनको भनाइ थियो, ‘भारतीय विदेशमन्त्रीसँग समकक्षीको हिसाबले भेट मागेको हो र मैले भेटेको पनि हुँ। मोदीजीसँग भेट मागिएको पनि होइन। भेट पनि भएन।’ फागुन २६ भारत भ्रमणमा गएकी मन्त्री राणा शुक्रबार (चैत ८ गते) स्वदेश फर्केकी हुन्। 

    धार्मिक भ्रमणका सिलसिलामा फागुन २६ गते भारत प्रस्थान गरेकी उनले भारतीय विदेश मन्त्रालयले चैत ४ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रममा सहभागी भएकी थिइन्। त्यस क्रममा उनले चैत ५ गते भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १७:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij