Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवस

दलितको घर भत्काएको विरोधमा माइतीघरमा अर्धनग्न प्रदर्शन

दलितको घर भत्काएको विरोधमा माइतीघरमा अर्धनग्न प्रदर्शन


  • 1.5K
    Shares

    दलितको घर भत्काएको विरोधमा माइतीघरमा अर्धनग्न प्रदर्शन

    काठमाडौं । सिराहामा दलितको घर भत्काएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। शुक्रबार दिउँसो माइतीघर मण्डलामा ‘दलितलाई खै’का अभियन्ताहरूले प्रदर्शन गरेका हुन्।

    दलितका लागि दलित अभियान, नेपालको आयोजनामा जंजिरले बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्। माइतीघरदेखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।

    सिराहाका औरही गाउँपालिका-५ मा दीपक मल्लिकको घर भत्काएर महायज्ञ गर्न लागेको भन्दै विरोध हुँदै आएको छ।

    यसबारेमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन समेत दिएको छ। त्यस्तै सिराहाका सिडिओ बासुदेव दाहाललाई पनि गृह मन्त्रालयमा तानेको छ।

    4.JPG

    3.JPG

    2.JPG

    aandolan dalit.JPG

     

    images
    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १४:२३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij