Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने


  • 2.4K
    Shares

    काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार गर्ने भएको छ ।

    स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा वैशाख १२ गतेसम्म एक महिना परीक्षण र उपचार सञ्चालन गर्नेछ । 

    महानगरका अनुसार परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुईँ तलामा गएर जँचाउन सकिन्छ ।

    स्वास्थ्य प्रवर्धन केन्द्रबाट रेफरल स्लिप लिनु पर्नाको कारण बारे कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट भन्छिन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो ।’

    परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर ९ह्युमन प्यापोलिमा भाइरस० परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १४:१५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij