Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जलस्रोतको दिगो व्यवस्थापनका लागि चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

जलस्रोतको दिगो व्यवस्थापनका लागि चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने


  • 1.1K
    Shares

    • images
    जलस्रोतको दिगो व्यवस्थापनका लागि  चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन गर्ने

    काठमाडौं । नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ।

    शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो। सम्मेलन चैत ९ र १० गते दुई दिनसम्म चल्नेछ।

    जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए।

    उनले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। सबैको सहकार्यबिना जलस्रोत तथा मौसमसम्बन्धी चुनौतीहरूको सामना गर्न नसकिने बताउँदै उनले दिगो जलस्रोत व्यवस्थापन र जलवायु अनुकूल रणनीतिहरू कार्यान्वयन गर्न सरकार अग्रसर रहेको जानकारी दिए।

    पानीको बहुउपयोगबाट देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुग्ने भएकाले पानीको महत्त्वका बारेमा सम्बन्धित विज्ञहरूसँग छलफल गर्न सम्मेलन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

    कार्यक्रममा जलस्रोतको अन्तरदेशीय सहकार्य तथा जलस्रोत उपयोगमा रहेका चुनौतीका बारेमा छलफल हुने बताइएको छ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १४:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij