Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै

एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै


  • 1.2K
    Shares

    • images
    एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै

    काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसईई (माध्यमिक शिक्षा परीक्षा) दिइरहेका छन्।

    यो विद्यालयबाट कोसी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसईई दिइरहेको र जसमध्ये आठजना जुम्ल्याहा रहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए। 

    विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ। विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो।

    प्रदेशकै नमुना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा १२ कक्षा सहित हाल ४ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए। 

     

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १४:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij