Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईई परीक्षा : अभिभावकले बुझ्नैपर्ने ५ कुरा

एसईई परीक्षा : अभिभावकले बुझ्नैपर्ने ५ कुरा


  • 1.4K
    Shares

    • images
    एसईई परीक्षा : अभिभावकले बुझ्नैपर्ने ५ कुरा

    परीक्षाका बेला अभिभावकले के गर्ने ?
    परीक्षाका बेला अभिभावकले के गर्ने रु कसरी बालबालिकालाई सहयोग गर्ने रु कसरी उनीहरूलाई सहज र सरल बनाउने रु कसरी उनीहरूलाई बिनादबाब पठनपाठनमा सरिक गराउने रु थाहा हुनुपर्छ ।

    सामाजिक सञ्जालको प्रभाव
    अभिभावकले आफ्ना बालबालिकासँग सामाजिक सञ्जालको प्रभाव र प्रवृत्तिबारे खुलेर कुराकानी गर्न जरुरी छ । उनीहरूलाई वास्तविक जीवन र डिजिटल संसार फरक हुन्छ भनी बुझाउनुपर्छ ।

    निद्रा अभाव र मानसिक थकान
    कुनै पनि कुरालाई ग्रहण गर्ने मस्तिष्कको आफ्नै तरिका र संयन्त्र हुन्छ । खासगरी सहज ढंगले, तनावमुक्त भएर पढेका कुरालाई स्मरण गर्न र मन्थन गर्न सकिन्छ । यसका लागि बेला(बेला आरम गर्ने, मनोरञ्जन गर्ने, व्यायाम गर्ने समय पनि निकाल्नुपर्छ ।

    सन्तुलित अहार
    शरीर जति स्वस्थ र तन्दुरुस्त हुन्छ मस्तिष्कको कार्य संचालन पनि उत्तिकै राम्रो हुन्छ । यसका निम्ति ताजा, पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । खानाको समय तालिका मिलाउनुपर्छ । यतिबेला जंकफुड वा फास्टफुड कटौती गरेर आफ्नै भान्सामा पाकेको ताजा खानेकुरा दिनुपर्छ ।

    मानसिक तनाव र डिप्रेसन
    उनीहरूलाई दबाब दिनु जरुरी छैन । बरु सहज रुपले पठनपाठनको वातावरण बनाइदिनुपर्छ । अरुसँग तुलना गर्ने वा आफ्नो अपेक्षा लाद्ने गल्ती गर्नु हुँदैन । पढाइ वा परीक्षालाई दबाब होइन सिर्जनात्मक बनाउन प्रेरित गर्नुपर्छ ।

    साथीसँगको दबाब
    अभिभावकले किशोर उमेरका छोराछोरीलाई मित्रवत् व्यवहार गर्नुपर्छ । उनीहरूको भावना र इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ । उनीहरूलाई आत्मविश्वासी बनाउन सहयोग गर्नुपर्छ ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १२:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij